३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा पुरानो भन्दा पनि एजेन्डा, विचार र गन्तव्य महत्वपूर्ण हुने बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै उनले नीतिविहीन र एजेन्डाविहीन समूहलाई ‘नयाँ’को नाममा प्रस्तुत गरेर विकल्प बनाउने प्रयास भ्रम मात्रै भएको टिप्पणी गरेका छन् ।

राजनीतिमा नयाँ शक्ति निर्माणका नाममा भइरहेको गतिविधिप्रति संकेत गर्दै महासचिव पोखरेलले पार्टीको इतिहास पुरानो भए पनि नीति, नेतृत्व र दृष्टिकोण समयअनुसार परिमार्जन हुन सकेमा त्यो पार्टी सधैं सान्दर्भिक र जीवित रहने उल्लेख गरेका छन् । उनका अनुसार नेकपा एमाले यही आधारमा अघि बढिरहेको दल हो ।

“नेकपा एमाले नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्व दुवैलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो । यससँग वर्तमानलाई नेतृत्व गर्ने क्षमता मात्र होइन, भविष्यको स्पष्ट दृष्टिकोण पनि छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । “यही कारणले एमालेको जीवन्तता र प्रभावबाट डराएकाहरू नयाँ शक्तिको नाममा एकताबद्ध हुन खोजिरहेका छन्,” उनले थपेका छन् ।

महासचिव पोखरेलले पछिल्लो समय चर्चामा रहेका नयाँ राजनीतिक पात्रहरूतर्फ संकेत गर्दै उनीहरूलाई पनि आलोचनात्मक ढंगले उल्लेख गरेका छन् । “नयाँ भनिएका रवि, बालेन, हर्क साम्पाङ वा कुलमान सबै कुनै न कुनै रूपमा राज्यसत्तामा परीक्षण भइसकेका पात्र हुन्,” उनले लेखेका छन् ।

उनको यो अभिव्यक्ति नयाँ राजनीतिक गठबन्धन र वैकल्पिक शक्तिको चर्चा तीव्र भइरहेका बेला आएको हो । एमाले नेतृत्वले भने स्थायित्व, अनुभव र नीति निरन्तरतामै देशको भविष्य सुरक्षित हुने सन्देश दिन खोजेको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ९ : २४ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम