काठमाडौं । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री रमेश लेखकले आज बयान दिने भएका छन् । आयोगले बोलाएपछि लेखक आज बिहान ११ बजे बयान दिन उपस्थित हुने बताइएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले पूर्वगृहमन्त्रीको भूमिका र निर्णय प्रक्रियाबारे जानकारी लिन बयान लिने तयारी गरेको हो । उक्त घटनामा सुरक्षाकर्मीको हस्तक्षेपपछि १९ जनाको ज्यान गएको थियो ।
घटनापछि नै व्यापक आलोचना खेपेका लेखकले भोलिपल्ट अर्थात् भदौ २४ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता उनी सार्वजनिक रूपमा कमै देखिँदै आएका थिए ।
बयानपछि लेखकले आजै दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । उनले घटनाक्रम, आफ्नो भूमिकाबारे स्पष्ट पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।
जाँचबुझ आयोगले घटनासँग सम्बन्धित राजनीतिक नेतृत्व, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको बयान संकलन गर्दै प्रतिवेदन तयार गरिरहेको छ ।



















प्रतिक्रिया