२५ चैत्र २०८२, बुधबार | April 9, 2026

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक



भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना राष्ट्रविरुद्धको नियोजित षड्यन्त्र हो स् रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २४ गते देशमा घटेका हिंसात्मक घटनालाई राष्ट्र, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानविरुद्धको नियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। उनका अनुसार यस्ता घटनाहरू कुनै पनि देशभक्त नेपालीले कल्पनासमेत गर्न नसक्ने खालका हुन्।

सोमबार भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष पेस गरिएको लिखित धारणा मार्फत लेखकले राजीनामा पश्चात् भदौ २४ मा भएका गतिविधिहरू गम्भीर राष्ट्रविरोधी प्रकृतिका रहेको बताएका हुन्। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनलगायत राज्यका प्रमुख निकाय तथा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि गरिएको आक्रमण नेपाली मनोवृत्तिबाट सम्भव नहुने उनको दाबी छ।

लोकतन्त्रमा शक्ति सन्तुलन र शक्तिको पृथकीकरणको सिद्धान्तका प्रतीक प्रतिनिधि संस्थामाथि भएको आक्रमण जेनजी पुस्ताको सोच वा योजनाभन्दा पूर्णतः बाहिरको विषय भएको उल्लेख गर्दै लेखकले यसलाई सुनियोजित षड्यन्त्रका रूपमा मूल्यांकन गरेका छन्। “यो राष्ट्र र लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण हो भन्ने मेरो ठम्याइ छ,” उनले लिखित धारणा मा उल्लेख गरेका छन्।

गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको व्यक्तिका हैसियतले ती दुःखद घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको भन्दै लेखकले पदीय नैतिक जिम्मेवारी स्वीकार गरेको बताएका छन्। ठूलो पीडाबोधका कारण नै गृहमन्त्री पदमा रहेको व्यक्तिले नैतिक आधारमा जिम्मेवारी लिनुपर्छ भन्ने दृढ विश्वासका साथ आफूले तत्काल राजीनामा दिएको उनको तर्क छ।

लेखकले भदौ २३ को घटनाको सन्दर्भमा आफू गृहमन्त्री रहेको स्वीकार गर्दै संविधान, प्रचलित कानुन तथा गृह मन्त्रालयसँग सम्बन्धित सरकारी नीतिको परिधिभित्र रहेर सदैव असल मनसायका साथ काम गरेको स्पष्ट पारेका छन्। साथै व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीप्रति आफू कहिल्यै विमुख नभएको उनले दोहोर्‍याएका छन्।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४१ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास