१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ आयोजना गर्दै

नि:शुल्क प्रवेश, १०० रुपैयाँदेखि खाजाको व्यवस्था



नेपालगन्ज । बाँकेको नेपालगन्जमा ५ तारेको लक्ष्य सहित निर्माणाधिन होटल पौवाले नेपालगन्जमा पहिलो पटक ‘न्यु इयर इभ’ आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतमा पौवाले नेपालगन्जमा न्यु इयर इभ आयोजना गर्ने भएको हो ।

कार्यक्रमका बारेमा जानकारी दिन आज नेपालगन्जमा पत्रकार भेटघाट गर्दै होटल पौवा नेपालगन्जमा प्रबन्धक गिरीराज पाण्डेले ४ हजार ग्राहकलाई स्वागत गर्न सकिने व्यवस्थापनसहित इभको तयारी गरिएको जानकारी दिए । देशभर १७ वटा शाखाबाट सेवा दिइरहेको पौवाको नेपालगन्जमा पहिलो न्यु इयर इभ भएको उनले बताए ।

उनका अनुसार प्रवेश निशुल्क राखिएको कार्यक्रममा १ सय रुपैयाँ देखि ग्राहकले सेवा लिनसक्नेगरि व्यवस्था गरिएको छ । कार्यक्रममा नेपाल आइडल करन परियार, गायक निशान भट्टराई र सदीक्षा कट्टेलसहित बाँके कला केन्द्रको संयोजनमा बिबिध साँगितिक प्रस्तुती रहने छ ।

जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले नेपाली चाडपर्वहरुमा मौलिक संस्कतिमा आधारित स्वाद सहितको कार्यक्रम गर्दै आएको प्रबन्धक पाण्डेले बताए । उनले पूर्ण पारिवारीक वातावरणमा उत्सव मनाउन सकिने कार्यक्रममा परिवारसहित उपस्थित हुन सबैलाई आग्रह गरे ।

नौलो प्रस्तुतिका रुपमा १० वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्नेगरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ । ‘जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी, होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।’ पौवाका लगानीकर्ता समेत रहेका पत्रकार शरण कर्माचार्यले भने ।

स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उदघोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाको दाबी छ । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।’ प्रबन्धक पाण्डेले भने ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले पौवाले नौलो पहिचानका साथ ग्राहक मैत्री सेवा दिन सकेकोमा बधाई दिए । उनले थप परिमार्जन र सेवाभावका साथ अगाडी बढ्न उनले पौवा व्यवस्थापनलाई सुझाव दिए ।

होटल पौवाकोे नेपालगन्जमा सञ्चालन शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन् । नेपालगन्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : २७ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary