१५ पुस २०८२, मंगलबार | December 30, 2025

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा



बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै घिमिरेले एमाले परित्याग गरेका हुन् ।

उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफु संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको घोषणा गरेका छन् । घिमिरेले अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको पनि उल्लेख गरेका छन् ।

उनले आजै साँझ मात्र खबरकुरासँग कुरा गर्दै आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको खुलासा गरेका थिए । उनले प्रस्तावप्रति आफु सकारात्मक रहेको जनाउँदै एमाले परित्याग गरिनसकेको जनाएका थिए ।

उनले देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार रहेको जनाएका छन् ।

घिमिरेले आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिने सवै प्रति आभार पनि व्यक्त गरेका छन् ।
सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव आफु सवैसंग संगसंगै रहने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ४३ बजे

चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

तुलसीपुर । दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन

एमाले नेता वासुदेव घिमिरेबाट एमाले परित्यागको घोषणा

बुटवल । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,