१८ पुस २०८२, शुक्रबार | January 2, 2026

बहुमतको बलमा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजियो, मान्य हुँदैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाले बहुमतको नाममा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजिएको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संचारकर्मीसँग बोल्दै महामन्त्री गगन थापाले नेतृत्वले बहुमतका नाममा विशेष महाधिवेशन पक्षधरहरुमाथि दादागिरी पारा देखाएको बताए । उनले विधानअनुसार बहुमतले निर्णय पारित भए पनि आफूहरू ४–५ जनाले असहमति जनाएको बताए । विधानले केन्द्रीय कार्यसमितिको म्याद बढीमा एक वर्ष थप्न सक्ने व्यवस्था गर्न हुने ४० प्रतिशत सदस्यले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान पनि विधानतः अनिवार्य रहेपनि नेतृत्वले त्यसलाई अस्वीकार गरेको आरोप लगाए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद थप र महाधिवेशनको नयाँ तालिका प्रस्ताव बहुमतले पारित भएको थियो । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यसमितिको म्याद जेठसम्म थप गर्ने प्रस्तावप्रति गम्भीर असहमति जनाएका छन् ।

थापाले हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन काठमाडौंमै हुने दाबी गरे । यसका लागि पुषको अन्तिम साता काठमाडौंमा आउन महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे । सभापतिले १–२ दिनभित्र केन्द्रीय समिति बोलाएर निर्णय नगरे विधानअनुसार केन्द्रीय कार्यालयले नै विशेष महाधिवेशन आह्वान गर्ने उनले चेतावनी दिए ।

 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ०२ बजे

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी

बहुमतको बलमा विशेष महाधिवेशन पक्षधरलाई दबाउन खोजियो, मान्य हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाले बहुमतको नाममा विशेष

पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छन्