२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता



नारायणगढ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा निरीक्षण गरेका छन् । जनताको जीउधनको सुरक्षासँग जोडिएको नारायणी नदीअन्तर्गत भरतपुर महानगर क्षेत्रका करिब ३५ किलोमिटर तटीय क्षेत्रमा आवश्यकताअनुसार विभिन्न चरणमा तटबन्ध निर्माणको काम भइरहेको नगरप्रमुख दाहालले बताइन् ।

उनका अनुसार अत्यन्त जोखिमयुक्त २५ किलोमिटर क्षेत्रमा ठेक्का प्रक्रियामार्फत तटबन्ध निर्माणको काम सम्पन्न हुने चरणमा छ भने बाँकी १० किलोमिटर क्षेत्रमा जोखिमका आधारमा निर्माण प्रक्रिया अघि बढाइएको छ ।

‘पच्चिस किलोमिटर क्षेत्रलाई पाँच-पाँच किलोमिटर खण्डमा विभाजन गरी काम भइरहेको छ । बाँकी १० किलोमिटर प्रक्रियामै छ । एकैपटक गर्न पाए अझ राम्रो हुन्थ्यो । तर उपलब्ध स्रोत र जोखिमका आधारमा प्राथमिकता दिँदै काम गर्दै आएका छौँ’, नगरप्रमुख दाहालले भनिन् ।

यस योजनाका लागि अर्बौँ रुपैयाँ बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले बाँकी क्षेत्रमा छिट्टै प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । ‘अब ढिलाइ हुँदैन, यहाँका जनतालाई सुरक्षित बनाइन्छ’, नगरप्रमुख दाहालले भनिन् । नारायणी नदी व्यवस्थापन आयोजनासँग समन्वय गरी काम भइरहेको र यसलाई पूर्णता दिने उनले प्रतिबद्धता व्यक्त गरिन ।

नगरप्रमुख दाहालले आफू निर्वाचित भए लगत्तै यो काम सुरु गरिएको उल्लेख गर्दै भरतपुरमा धेरै विकास भइसकेको र बाँकी रहेका केही स्थानको विकास प्राथमिकताका साथ अघि बढाइने बताइन् । पहिलो चरणमा मानव बस्ती जोखिममा रहेका क्षेत्रमा तटबन्ध निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा अन्य क्षेत्रमा योजना ल्याइने उनको भनाइ छ ।

अनुगमनका क्रममा नगरप्रमुख दाहालले नारायणी किनारका स्थानीयवासीसँग छलफल गरिन । सो अवसरमा भरतपुर-१६ का डिल्लीराम दवाडीले बाँकी तटबन्ध निर्माण कार्य शीघ्र पूरा गर्न अनुरोध गरिन् । सोही वडाका अब्दुल कलामले तटबन्ध पूरा गरी बस्ती जोगाउनुपर्ने आवश्यकता औँल्याइन् । स्थानीय नन्दप्रसाद भट्टले बस्ती सुरक्षित भएकामा खुसी व्यक्त गर्दै बाँकी तटबन्ध छिटो सम्पन्न गर्न आग्रह गरिन् ।

अनुगमनका क्रममा सँगै रहेका नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख नारायण सुवेदीले सीमित स्रोतसाधनका बाबजुद पनि बढी जोखिमयुक्त स्थानमा प्राथमिकताका साथ काम भइरहेको बताए । अन्य नदीको तुलनामा नारायणीमा उल्लेखनीय काम भएको उल्लेख गर्दै उनले महानगरपालिकासँगको समन्वयमा काम छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख दाहालले भरतपुर-१६ गणेशमन्दिर, २६ भगौडी लगायतका क्षेत्रको तटबन्धको कामको निरीक्षण तथा अनुगमन गरिन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १७ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर