२४ पुस २०८२, बिहिबार | January 9, 2026

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप



वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ ।

प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए ।

“स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरिएको छ”, उनले भने ।

स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ ।

प्रजिअ दाहालले कफ्र्युका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गरे । कफ्र्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : २४ बजे

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई

बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया,

कुलमानले सम्हालेका तीन मन्त्रालयको कार्यभार तीनजना मन्त्रीलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी

बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला

काठमाडौँ । बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान