१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नवलपुरको मध्यबिन्दुमा बोरा भित्र महिलाको शव फेला, हत्या भएको आंशका



नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका ११ बाउन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको कल्भट मुनि रहेको कुसुन्डे सिँचाइ नहरमा बोराभित्र एक महिलाको शव फेला परेको छ।

आज बिहान सेतो रङको ‘कृषि सामग्री कम्पनी लिमिटेड’ लेखिएको बोरा भित्र मानिसको शव रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी अरुणखोलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी सहायक निरीक्षक भरत थापाको कमाण्डमा ४ जनाको टोली तत्काल घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अवस्थामा शवको पहिचान खुल्न नसके पनि अनुसन्धानका क्रममा मृतक मध्यबिन्दु नगरपालिका–१० की करिब ३५ वर्षीया रिता मुसहर रहेको खुलेको छ। शव बोरा भित्र राखी नहरमा फालिएको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मान्दै प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनास्थल सुरक्षित गरी थप अनुसन्धान भइरहेको र घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : २३ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार