२८ भदौ २०८३, आइतबार | September 13, 2026

लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताए ।

भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उनले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरूमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’, उनले भने, ‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’

उनले राज्यले व्यवसायको संरक्षण गर्न नसके विकास, प्रगति र समृद्धि सम्भव नहुने स्पष्ट पारे । संघीय सरकारले उद्योग–व्यवसायीमाथि विद्युत् काटेर समस्या पारेको प्रसंग स्मरण गर्दै त्यसबेला लुम्बिनी प्रदेश सरकारले संवादमार्फत समाधान खोज्नुपर्ने अडानले नै समस्या हटाउन मद्दत पुगेको बताए । ‘प्रधानमन्त्रीलाई भेटेर दृढतापूर्वक कुरा राख्यौं र समाधान निकाल्न सफल भयौं’, उनले भने, ‘व्यवसायीका पक्षमा प्रदेश सरकार सधैं दृढतापूर्वक उभिन्छ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल व्यवसायमा ठूलो लगानी भए पनि नियमित उडान सञ्चालन नहुँदा व्यवसाय प्रभावित भएको उल्लेख गर्दै उनले यसका लागि प्रदेश सरकारले संघीय सरकारसँग निरन्तर माग राख्दै आएको जानकारी दिए ।

यस्तै क्याटरिङ व्यवसायको प्रवद्र्धनका लागि आवश्यक वातावरण तयार पार्ने, राजस्वसम्बन्धी बिषयमा संघीय सरकारसँग समन्वय गर्ने र व्यवसायीका पक्षमा खुलेर बोल्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ६ : ३८ बजे

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप