२७ पुस २०८२, आइतबार | January 11, 2026

होराइजन जीबीएसको साताव्यापी वार्षिक उत्सव तथा खेल सप्ताह सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा-१, ड्राइभरटोलमा रहेको होराइजन जीबीएस स्कूलले विभिन्न कार्यक्रमसहित पहिलोपटक वार्षिक उत्सव मनाउन सुरु गरेको छ । विद्यालयले शुक्रबारदेखि आउँदो पुस ३० गतेसम्म वार्षिक उत्सव तथा खेल सप्ताह आयोजना गर्दै साताव्यापी कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यालय स्थापनाको ३२ वर्ष पूरा भए पनि औपचारिक रूपमा पहिलोपटक वार्षिक उत्सव आयोजना गरिएको विद्यालयले जनाएको छ । यस अवसरमा विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी कार्यक्रमको उद्देश्य र कार्यतालिकाबारे जानकारी गराएको हो ।

कार्यक्रमअनुसार पुस २९ गते पुरस्कार वितरण, खाना महोत्सव तथा सांस्कृतिक झाँकी प्रदर्शनी आयोजना गरिनेछ । यस्तै पुस ३० गते ‘क्षितिजका गौतमबुद्ध’ नामक स्मारिकाको प्रकाशन तथा विमोचनसहित मूल समारोह आयोजना गरिने प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी दिए ।

सो अवसरमा चार जीपीए प्राप्त गर्ने विद्यार्थीलाई स्वर्ण पदकसहित सम्मान गरिनेछ भने शिक्षक, विद्यार्थी तथा अभिभावकलाई समेत विशेष सम्मान प्रदान गरिनेछ । खेल सप्ताहअन्तर्गत कक्षा १० का करिब ७० प्रतिशत विद्यार्थी विभिन्न प्रतियोगितामा सहभागी हुने प्राचार्य आचार्यले बताए । भलिबल, फुटबल, बास्केटबल, क्रिकेट, ज्याभ्लिन थ्रो लगायत राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत समावेश हुने सबै खेल विधाका प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।

विद्यालय २०५० सालमा स्थापना भई प्रारम्भमा आधारभूत शिक्षा प्रदान गर्दै आएको थियो । २०६९ सालमा कक्षा ८ सम्मको स्वीकृति प्राप्त गरे पनि विद्यार्थी अभावका कारण विद्यालय चुनौतीपूर्ण अवस्थामा रहेको थियो । त्यसपछि गौतमबुद्ध स्कूललाई होराइजन समूहको स्वामित्वमा लिएर होराइजन गौतमबुद्धको नामबाट सञ्चालन गरिएपछि विद्यालयले उल्लेखनीय प्रगति गरेको प्राचार्य आचार्यले बताए ।

होराइजनको व्यवस्थापनमा आएको १३ वर्षको अवधिमा विद्यालयले शैक्षिक क्षेत्रमा ठूलो फड्को मारेको जनाउँदै हाल कक्षा ११ र १२ मा बीएससी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिइयो । हाल विद्यालयमा करिब ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले होराइजन जीबीएस स्कूलले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै भविष्यमा विश्वविद्यालयको अवधारणाअनुसार अघि बढ्ने लक्ष्य रहेको बताए । साथै उनले संस्थागत विद्यालयप्रति राज्यले पक्षपातपूर्ण व्यवहार गर्ने गरेको गुनासोसमेत व्यक्त गरे ।

पहिलो वार्षिक उत्सव तथा खेल सप्ताहले विद्यालयको शैक्षिक, खेलकुद र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : १५ बजे

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री धर्मबहादुर चौधरी उज्यालो

गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा असामयिक निधन

काठमाडौं । नेपाली मूलका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौं । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण

आइतबार सुनको मूल्य २८सय रुपैयाँले महंगियो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि

विशेष महाधिवेशनका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम