काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिनुअघि पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् ।
जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले उनीहरूलाई शपथ खवाएका हुन् । उनीहरूले शपथ लिँदै पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।
नेकपा नेताहरुका लागि तयार पारिएको शपथको ब्यहोरामा पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत शपथमा राखिएको छ ।
शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । प्रसाँईसँग शपथ लिएका नेताहरुले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । नेकपाले २ हजार ४९९ जना केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी गरेको छ ।



















प्रतिक्रिया