१९ असार २०८३, शुक्रबार | July 4, 2026

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सहमति र कानुनी तयारीमा दुवै पक्ष सक्रिय



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक करिब साढे ६ घण्टा ढिलो गरी प्रारम्भ भएको हो।

विशेष महाधिवेशन पक्षधरहरूसँग सहमतिको प्रयास जारी रहँदा बैठकमा ढिलाइ भएको बताइएको छ ।

सानेपामा बैठक बस्नुअघि महामन्त्री विश्वप्रकाश शर्माले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई सहमतिको अन्तिम विकल्प भन्दै ८ बुँदे प्रस्ताव पठाएका थिए। ती प्रस्तावमाथि अनौपचारिक छफल चलिरहँदा बैठक ढिलो बसेको नेताहरुले बताएका छन् ।

यसैबीच, कांग्रेसको स्थापनापक्षले पनि विशेष महाधिवेशनको सम्भावित निर्णयपछि अघि बढ्ने कानुनी प्रक्रिया सम्बन्धी परामर्श तीव्र पारेको छ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व चयन गरेपछि हुने प्रक्रियाबारे शीर्ष नेताहरू कानुनविद्हरूसँग निरन्तर परामर्शमा रहेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु सो परामर्शमा संलग्न रहेको पनि उनले बताए।

नेतृत्व चयनपछि निर्वाचन आयोगमा जाने प्रक्रिया तथा अन्य कानुनी कदमबारे पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, उपेन्द्र केशरी न्यौपानेलगायतका कानुनविद्हरसँग स्थापनापक्षले विचार–विमर्श थालेको जनाइएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ५२ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०