काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री द्वयलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाइएको छ ।
विघटीत केन्द्रीय कार्यसमितिबाट नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको हो ।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय तथा सहमहामन्त्रीलाई कारबाही गरेको निर्णय सहितको पत्र आयोगमा पठाएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पत्र प्राप्त भएको पुष्टी गरे । पत्रको ब्यहोरा भने हेर्न नभ्याएको उनले बताए।


















प्रतिक्रिया