२ असार २०८३, मंगलबार | June 16, 2026

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा



सिरहा । सिरहाको लहान नगरपालिकाले मातृ-शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार १२ वटा स्वास्थ्य केन्द्रलाई बीपी सेट, स्टेथोस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन् ।

उनले नगरपालिकाले २४ वटै वडाका स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यकर्मीलाई घरघरमै पठाउने व्यवस्था मिलाइएको बताए । सुत्केरी भएको ४२ दिनभित्र स्वास्थ्यकर्मीहरूले २४ घण्टा, तीन दिन, सात दिन र ४२ दिनमा गरी चारपटक घरमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको छ ।

विशेषगरी यातायातको पहुँच नभएका र ग्रामीण भेगका महिलालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

उनले भने, ‘कुनै पनि आमा वा शिशुले उपचार र परामर्शको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो । विशेषगरी ग्रामीण भेगका आर्थिक रूपमा विपन्न र यातायातको पहुँच नभएका महिलाहरूलाई लक्षित गरेरे कार्यक्रम सुरु गरेका हौँ ।’

नगरपालिकाले विगत ४ वर्षदेखि हरेक महिनाको २२ गते २४ वटै वडामा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज’ समेत वितरण गर्दै आएको छ ।

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार स्वास्थ्यकर्मीहरूले केवल स्वास्थ्य जाँच मात्र नगरी सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानी र खानपानबारे पनि परामर्श दिनेछन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ७ : ५२ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ