२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन आज



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।

पार्टीभित्र संस्थापन पक्ष र गगन थापा एवं विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको नयाँ कार्यसमितिबीच को आधिकारिक हो भन्ने विषयमा निर्वाचन आयोगमा पुगेको विवादका बीच खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

भृकुटीमण्डमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेका छन् । उनले आफ्नो नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदन दिएका छन् ।

दुई पक्षबीच तिब्र विवादका बीच कांग्रेस बुधबारदेखि ‘डि-फयाक्टो’ विभाजित भैसकेको छ ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरूको उपस्थिति हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर कार्यवाहक सभापति खड्काको धारणा केन्द्रीय चासोको विषय बनेको छ ।

नयाँ कार्यसमिति घोषणा, पार्टीको आधिकारिकता, नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे खड्काले पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

पार्टीभित्र संस्थापन र विशेष महाधिवेशन पक्षबीच तीव्र मतभेद देखिएका बेला खड्काको पत्रकार सम्मेलनलाई कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : १७ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र