३ माघ २०८२, शनिबार | January 17, 2026

ललितपुरबाट एकल सिफारिसमा परेका नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उम्मेदवार बन्ने बताएका छन्।

नेता श्रेष्ठले आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाबाट आफू सर्लाही ३ बाट उम्मेदवार बन्न लागेको बताए ।

राष्ट्रियसभाका सदस्य रहेका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

नेकपाले सर्लाही-३ बाट श्रेष्ठसँगै अच्युतम काफ्ले, रामेश्वर राय यादव, नरेन्द्र साह, राजकुमार यादव, सञ्जय गुप्ता, विश्वनाथ सिंह लगायतलाई पनि उम्मेदवार सिफारिस गरेको थियो।

हरिवन र बागमनी नगरपालिकासहितको भूगोल पर्ने सर्लाही-३ मा पर्ने स्थानीय तहको निर्वाचनमा यी दुवै पालिकामा माओवादी उम्मेदवार विजयी भएका थिए।

नेता श्रेष्ठलाई नेकपाले ललितपुर क्षेत्र नम्बर-३ बाट उम्मेद्वारका लागि नेकपाको जिल्लाबाट एकल सिफारिस गरेको छ।

 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ५३ बजे

कालीकोटमा जीप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

कालीकोट । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

झापामा एमालेद्वारा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स गठन

झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर

पर्वतबाट नेकपाको उम्मेदवार बने मनहरी तिमिल्सिना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेकपामा प्रवेश

काठमाडौं । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं सचिवालय सदस्य विद्युत

राष्ट्रिय सभामा एमालेसँग गठबन्धन होईन सहमति : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेसँग भएको सहमतिलाई