१ चैत्र २०८२, आइतबार | March 15, 2026

रुपन्देही-३ बाट वासुदेव घिमिरेले पाए एमालेको टिकट



काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान सांसद वासुदेव घिमिरेलाई टिकट दिएको छ ।

एमालेको शनिबार बसेको सचिवालय बैठकले घिमिरेलाई रुपन्देही ३ को उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उनी रुपन्देही ५ बाट निर्वाचित भएका थिए भने त्यसअघि तिलोत्तमा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

घिमिरेले गत पुस १५ गते राति एमाले छोडेको घोषणा गरेका थिए । घिमिरेको उक्त घोषणा लगत्तै पुस १८ गते उपाध्यक्ष विष्णु पौडेलले सघन वार्ता गरेपछि उनी एमालेमै अडिएका थिए । घिमिरेले पार्टी छोडेको घोषणा गर्दा गढ मानिएको क्षेत्रमा एमालेलाई धक्का लाग्ने विश्लेषण समेत गरिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : ०७ बजे

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी