६ माघ २०८२, मंगलबार | January 20, 2026

बाँके-३ को निर्वाचनमा कांग्रेस र एमालेमा असन्तुष्टी चुलिँदै



नेपालगन्ज । नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा रोल्पाबाट अमरसिंह पुनलाई उम्मेदवार बनाउन ल्याएपछि स्थानीय कांग्रेस कार्यकर्ताहरु आन्दोलित बनेका छन् । स्थानीय नेताहरुलाई पन्छाएर बाहिरि जिल्लाबाट उम्मेदवार बनाएको भन्दै उनीहरुले कांग्रेस बाँकेको कार्यालयको गेटमा तालाबन्दी समेत गरेका छन् ।

प्रस्तावित उम्मेदवारलाई ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिँदै उनीहरुले स्थानीय नेताको भावना र योगदानलाई बेवास्ता गरिएको गुनासो गरेका छन् । कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवले स्थानीय नेतालाई उम्मेदवार नबनाइए पार्टी कमजोर हुँदै जाने चेतावनी दिए ।

तालाबन्दी गर्न पुगेका जानकी गाउँपालिका–५ का बुथ सचिव सियाराम यादवले पनि ‘टुरिस्ट’ उम्मेदवारलाई स्वीकार गर्न नसकिने बताए । आन्दोलित कांगैृस कार्यकर्ताहरुले स्थानीय नेता लक्ष्मी नारायण शाहलाई उम्मेदवार बनाउन माग गरेका छन् ।

अघिल्लो निर्वाचनमा पनि कांग्रेसले बाँके ३ मा बर्दिया बसोबास भएका तत्कालिन सहमहामन्त्री किशोरसिह राठोरलाई उम्मेदवार बनाएको थियो । कार्यकर्ताहरूले पार्टी कार्यालयमा ताला लगाउनुका साथै ‘टुरिस्ट नेता मुर्दाबाद’, ‘स्थानीय नेतालाई उम्मेदवार बनाऊ’ जस्ता नाराबाजी गरेका थिए । उनीहरूले पार्टी नेतृत्वले स्थानीय कार्यकर्ताको भावना बुझेर तत्काल निर्णय सच्याउनुपर्ने माग समेत गरेका छन् ।

उता अहिल्लो दिनसम्म उम्मेदवार बनाउने केन्द्रको सूचनाका आधारमा निर्वाचन दौडाहा सुरु गरिसकेका एमाले बाँकेका नेता दलबहादुर सुनारको टिकट खोसेर अर्को उम्मेदवार बनाएपछि एमाले बाँकेको अफिस घेराउ गर्न पुगेका छन् । सोमबार साँझ सम्म केन्द्रले बाँके ३ को उम्मेदवार घोषणामा परेका सुनार सोमबार दिनभरि चुनावी प्रचारमा जुटेका थिए, तर राती अबेर एक्कासी सुमन मल्लले टिकट पाउने निर्णय आएपछि उनी आक्रोशित बनेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ४३ बजे

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल र कांग्रेसबाट चुन्नु पौडेलको उम्मेदवारी दर्ता

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

काठमाडौं-५ मा नेकपा उम्मेदवार कल्पना शर्माले गराइन मनोनयन दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टी

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी

बुटवल । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका