बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही २ का उम्मेद्वार सुवास पाण्डे ‘विश्वदीप’ले उम्मेद्वारी दर्ता गराएका छन् । कार्यकर्ताहरुको बोक्लो उपस्थितीका साथ आएका पाण्डेले निर्वाचन क्षेत्र क्षेत्र २ को कार्यालय बुटवल देविनगरमा दिउसो १ः४५ बजे मनोनयन दर्ता गराएका हुन् ।
पाण्डेको प्रस्तावकमा नारायण जिसि ‘निर्मल’ र समर्थकमा ऋज्जु श्रेष्ठ बसेका छन् । रूपन्देही सैनामैना निवासि पाण्डे युवा नेताका रूपमा परिचित छन् । उम्मेदवार पाण्डे यसअघि यहि क्षेत्रबाट एमाले उपाध्यक्ष विष्णु पौडेलसंग निर्वाचन लडेका स्व. भक्ति पाण्डेका छोरा हुन् ।
उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले सुशासन, सामाजिक न्याय र संविधानको सुदृढीकरणका लागि आफ्नो उम्मेद्धारी रहेको बताए ।
‘म कुनै सपना देखाउन उम्मेद्वार हुँदैछैन’ उनले भने –‘देशको परिवर्तन र जनताको आकाक्षा पूरा गर्न आएको हुँ ।’ उनले निर्वाचन सबैको एकताले जित्ने बताउँदै सबैको सहयोगको अपेक्षा गरे । मनोनयन दर्तामा नेपाली कम्यूनिष्ट पार्टीका नेताहरू र्याली सहित निर्वाचन कार्यालय पुगेका थिए ।


















प्रतिक्रिया