१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौं-५ मा नेकपा उम्मेदवार कल्पना शर्माले गराइन मनोनयन दर्ता



काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कल्पना शर्माले उम्मेदवारी दर्ता गरेकी छिन् ।

बसुन्धरास्थित टोखा नगरपालिकाको ५ नं. वडा कार्यालयमा रहेको निर्वाचन कार्यालयमा नेकपाका नेता समर्थकहरुसहित पुगेर शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । शर्माको प्रस्तावकमा विनोद केसी रहेका छन् भने समर्थकमा सुशान्त डंगोल रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि संचारकर्मीसँग कुरा गर्दै शर्माले  काठमाडौंका देशमा भएका परिवर्तनलाई सस्थागत गर्ने र मुख्य रुपमा जेन्जि युवाहरुले उठाएको भष्ट्राचारमुक्त एवम् सुशासनयुक्त राष्ट्र निर्माणको अभियानमा दृढतापुर्वक उभिने अठोट व्यक्त गरिन् । उनले युवाहरुलाई स्वदेश फर्कने वातावरण तयार गरि देशमा नै रोजगारिका अवसरहरुको सृजना गर्नको लागि काम गर्ने प्रतिबद्दता जनाइन ।

काठमाडौं क्षेत्र नं. ५ मा यसअघि नेकपा एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए । तर, हेविवेट नेताहरु क्षेत्रबाट विजयी भएपनि यस क्षेत्रको विकासमा खासै ध्यान पुर्याउन नसकेको भन्दै नेकपा उम्मेदवार शर्माले आफु विजयी भए यस राष्ट्रिय मुद्दालाई सम्बोधन गर्दैगर्दा क्षेत्रको मुद्दामा विशेष ध्यान दिने प्रतिवद्धता जनाइन ।

शर्माले तारा चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गरेकी छिन् ।

 

 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ३७ बजे

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक