१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवलमा चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता माघ १५ देखी सुरु हुँदै



बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता-२०८२’ आयोजना हुने भएको छ । न्यू होराइजन स्पोर्ट्स क्लब, बुटवलको आयोजनामा माघ १५ गतेदेखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

आयोजक क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा रुपन्देही जिल्लाका १६ वटा विद्यालय टिमको सहभागिता रहने जानकारी दिएको छ । विद्यालयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका कार्यबाहक अध्यक्ष बालकृष्ण बस्यालले बताए ।

न्यू होराइजन स्पोर्ट्स क्लबको खेलमैदान बुटवल-११ स्थित देवसिद्ध चोकमा आयोजना हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुने टिमले ३० हजार, तृतीय हुने टिमले २० हजार र सान्त्वना हुने टिमले १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्यालले जानकारी दिए ।

प्रतियोगितामा सैनामैना माध्यमिक विद्यालय रानिबगिया, नयाँगाउँ माध्यमिक विद्यालय बुटवल, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय बुटवल, कान्ति माध्यमिक विद्यालय बुटवल, त्रिभुवन युनाइटेड माध्यमिक विद्यालय बुटवल, दीप बोर्डिङ हाई स्कुल बुटवल, एभरेष्ट माध्यमिक विद्यालय बुटवल, कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल, मणिमुकुन्द माध्यमिक विद्यालय बुटवल, न्यू होराइजन माध्यमिक विद्यालय बुटवल, होराइजन जी.भी.एस. माध्यमिक विद्यालय ड्राइभरटोल, सिद्धार्थ माध्यमिक विद्यालय डिंगरनगर, ग्रिन प्लान्ट माध्यमिक विद्यालय देवदह, काशी नोवेल माध्यमिक विद्यालय भैरहवा, शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राम तथा लिलाराम न्यौपाने माध्यमिक विद्यालय भैरहवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

करिब ४ लाख ७२ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर), बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर र बेस्ट कोचलाई नगदसहित सम्मान गरिनेछ । साथै अनुशासित खेलाडी र उदाउँदो (उदीयमान) खेलाडीलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले होराइजन स्कुल शिक्षण क्रियाकलापमा मात्र सीमित नरही खेलकुद क्षेत्रमा पनि अब्बल रहेको उल्लेख गरे । उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिँदै आएको बताए ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : २५ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक