२२ भदौ २०८३, सोमबार | September 7, 2026

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमास्थित केसी निवासमा पुगेर पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

केसीकी धर्मपत्नी ७९ वर्षीया पार्वती केसी विगत केही महिनादेखि अल्जाइमर, मधुमेहलगायत रोगबाट पीडित रहँदै आएकी छन् । केही समयअघि घरको सिँढीबाट लड्दा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको परिवारले जनाएको छ ।

रुपन्देही-२ का एमाले उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष केसीले राजनीतिक दलहरूबीच मतभेद भए पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको सवालमा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

“हाम्रो बीचमा जति नै मतभेद भए पनि बाह्य शक्तिको हस्तक्षेपविरुद्ध हामी एक ठाउँमा उभिनुपर्छ,” केसीले भने, “वैचारिक रूपमा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा सबै राजनीतिक शक्ति एक ठाउँमा हुनुपर्छ ।”

लोकतन्त्र र गणतन्त्र स्थापना गर्न पुराना राजनीतिक शक्तिको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले पछिल्ला दिनमा केही नयाँ राजनीतिक दलहरूले जनतामा भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाए । “हामीले मिलेर लोकतन्त्र र गणतन्त्र ल्याएका हौँ,” उनले भने, “अहिले कुनै योगदान र इतिहास नभएका शक्तिहरूले जनतामा भ्रम सिर्जना गरिरहेका छन्, त्यसलाई चिर्दै अघि बढ्नुपर्छ ।”

उनले राजनीतिक दलका कमजोरीको मूल्यांकन गर्ने अधिकार जनताकै हातमा रहेको स्पष्ट पार्दै विदेशी शक्तिको गतिविधिप्रति सबै चनाखो हुनुपर्ने आवश्यकता औँल्याए । “हाम्रा गल्ती-कमजोरीको सजाय जनताले दिने अधिकार राख्छन्,” केसीले भने, “विदेशी शक्तिले जुन प्रकारको खेल खेलिरहेका छन्, त्यसबाट हामीले सिक्नुपर्छ र सचेत हुनुपर्छ ।”

उपाध्यक्ष पौडेलसँगको भेटलाई सामान्य राजनीतिक शिष्टाचारका रूपमा लिँदै अध्यक्ष केसीले निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच परामर्श र संवाद हुनु स्वाभाविक प्रक्रिया भएको बताए । “चुनावको समयमा पार्टीहरूबीच सरसल्लाह र संवाद भइरहन्छ,” उनले भने ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : ०५ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको