२४ माघ २०८२, शनिबार | February 7, 2026

रुपन्देही २ का शालिन र अनुभवी उम्मेदवार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा



बुटवल । रुपन्देही क्षेत्र नं २ मा शालिन र अनुभवी उम्मेदार रहेका विष्णुप्रसाद पौडेल अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मतदातासमक्ष पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न.२ का उम्मेदवार निर्वाचन प्रचार प्रसार तथा अन्य औपचारिक कार्यक्रममा समेत अरु पार्टी र उम्मेदवारहरुको आलोचनाभन्दा आफ्ना चुनावी मुद्दाबाट मतदातालाई प्रभावित पार्ने गरी प्रचार अभियानमा खटिएका देखिन्छन् । लामो संसदीय अभ्यासबाट खारिएका उनले अपनाएको यो शैलीले एमालेका अन्य नेताकार्यकर्तालाई समेत आश्चर्यमा पारेको छ ।

उनले चुनावी प्रचार प्रसारका क्रममा हरेक कार्यक्रम, भेटघाट र छलफलमा आफुले यस क्षेत्रमा अहिलेसम्म गरेका कामहरुका बारेमा मतदातालाइ बुझाउने र यस क्षेत्रको विकासका लागि आगामी योजनाका बारेमा बुझाउने गरेका छन् । “चुनावका बेला अरुलाई गाली गर्ने, आलोचना गरेर हाम्रो समाजको भावनात्मक सम्बन्धमा बिगार्नु भन्दा हामीले यस क्षेत्रको विकासका लागि बिगतमा गरेका कामहरु जनतालाई बुझाउन सके मात्र प्रयाप्त हुन्छ”, उनी भन्छन्, “त्यसैले अरुको आलोचना भन्दा जनता माझ हामीले बिगतमा गरेका कामहरु र आगामी दिनमा यहाँको विकास र समृद्धिका लागि गर्ने योजनाका बारेमा जनतालाई बुझाउदा पुग्छ ।” सामाजिक सन्जालमा समेत यो शैलीले उनलाई धेरैले प्रशंसा गरेका छन् ।

निर्वाचन प्रचार-प्रसारका क्रममा उनले यस क्षेत्रमा आफू पटकपटक निर्वाचित भएर गएपछि गरेका विकास निर्माणका कामहरुको फेरहिस्त नै प्रस्तुत गर्दछन् । एमालेका तर्फबाट निर्वाचित भएपछि उनले पटकपटक निभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । यसक्रममा उनी तीन कार्यकाल उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा रहे । अर्थमन्त्री भएर जिम्मेवारी निर्वाह गर्दा उनले गरेका काम, उनको नेतृत्वमा प्रस्तुत बजेटका कारण उनले सफल अर्थमन्त्रीको छवि बनाउन सकेका छन् ।

रुपन्देही जिल्लाको विकासका लागि उनको नेतृत्वमा स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधारलगायतका क्षेत्रमा उल्लेख्य काम भएका छन् । रुपन्देही जिल्लामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-भैरहवा व्यापारिक मार्ग, बुटवलस्थित अन्तर्राष्ट्रिय सभा हल, आधुनिक प्रदर्शनी केन्द्र, बेलवास-बेथरी मार्ग, बुद्ध जन्मस्थलसंग जोडने सडक सञ्जाल, तिनाउ र दानव नदीमा निर्माण भएका दर्जनौ पुल, निर्माणको अन्तिम चरणमा पुगेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-गैडाकोट राजमार्ग, हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल-गोरुसिंगे सडक, निर्माणाधीन सिद्धबाबा सुरुङ् मार्ग, १२ सय सैयाको १२ तले अत्याधुनिक लुम्बिनी प्रादेशिक अस्पताललगायत दर्जनौ आयोजना रहेका छन् । यी आयोजनामध्ये कतिपय निर्माणाधीन अवस्थामा रहेका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् ।

यसबाहेक उनले आगामी दिनमा यस क्षेत्रको पूर्वाधार विकास मात्र नभएर अब मानवीय विकासमा पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता औल्याउएका छन् । आगामी दिनमा यस क्षेत्रमा पूर्वाधारको विकाससंगै नागरिकका रोजगारी व्यवस्थापन उनको प्राथमिकतामा छ ।

यसपटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर पौडेल चुनावी मैदानमा होमिएका छन् । “मैले रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको छु । हिजो अर्थमन्त्री हुँदा पनि अन्तरर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडकजस्ता दर्जनौ ठूला योजना ल्याए”, पौडेल भन्छन्, “अब ती योजना पुरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने विश्वास छ ।” क्षेत्र नं २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्दछन् ।

उनी वि.सं २०५१ सालदेखि नै संसदीय निर्वाचन लड्दै आएका छन् । २०५१ सालमा पाल्पाबाट निर्वाचन जितेसँगै पौडेलको संसदीय राजनीतिको यात्रा सुरु भएको थियो । पौडेलले वि.स. २०६४ को पहिलो संविधानसभा, वि.स. २०७० को दोस्रो संविधानसभाको निर्वाचन र वि.स. २०७४ र २०७९ को संसदीय निर्वाचनमा लगातार जित्दै आएका छन् । पौडेलले २०६४ मा तत्कालीन माओवादी नेता भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, २०७४ मा नेपाली कांग्रेसका नेता युवराज गिरी र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का गणेश पौडेललाई पछाडि पार्दै विजयी भएका थिए ।

अध्यापक माधव पौडेलले लामो समय संसदीय अभ्यासमा रहेर सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेकाले पनि पौडेलले यस्तो संयमता अपनाएको हुनसक्ने बताउँछन् । राजनीतिमा फरक आस्थामा राख्ने दल तथा प्रतिस्पर्धीको विषयमा तथ्यगत आलोचना गर्न उचित भएपनि अनावश्यक रुपमा आलोचनामा जानुभन्दा आफ्ना एजेण्डा प्रष्टसँग मतदातामा राख्नुपर्ने बताउँदै उनले अरुले यसो गरे, उसो गरे भन्नुपर्दा मेरो उद्देश्य र लक्ष्य यो हो, मेरो योजना यो हो भनेर जनतामा जानसक्नुपर्ने जनाएका छन् । विश्लेषक ऋषि आजादले पौडेलको शालिनता र अन्य आकांक्षी एवम् दलहरुप्रति राखेको सद्भावको प्रशंसा गर्दै अन्य दल तथा आकांक्षीहरुले सिक्नुपर्ने जनाएका छन् ।

यस्ता छन् पौडेलका मुख्य प्राथमिकता

सुरक्षित, र रोजगारीमुखी शहर : सहरको विकास भनेको भवन मात्र होइन, सुरक्षित रोजगारी, व्यवस्थित बसोबास र सम्मानजनक जीवन सुनिश्चित गर्नु हो । अर्थात् सुरक्षित काम, व्यवस्थित बसोबास हुन्छ र सुनिश्चित भविष्यको ग्यारेन्टी गरिने छ ।

यसका लागि श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाइने । श्रमिकहरूको दक्षता र प्रतिस्पर्धी क्षमता बढाउन सीपमूलक र प्रविधिमैत्री प्रशिक्षण सञ्चालन गरिने । अव्यवस्थित बसोबासको समस्यालाई स्थायी समाधान गरिने । श्रमिक तथा मध्यम वर्गका लागि किफायती र सुरक्षित आवाससहित श्रम-मैत्री शहर बनाइने । ज्योतिनगररलक्ष्मीनगर पहिरो नियन्त्रण तथा तिनाउको दवै साइडमा रिटेनिङ्गलाई लगाई बस्ती संरक्षण गर्ने कार्य गरिने छ ।

फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि सैनामैना फोहोरमैला प्रशोधन केन्द्रलाई कार्यान्वयन तथा श्रोत व्यवस्थापन पार्कको स्थापना गरि औषधिजन्य फोहोरमैला व्यवस्थापनका लागि अलग संरचना निर्माण गरिनेछ । यातायातलाई गुणस्तरीय र भरपर्दो बनाइने । यी योजना कुनै सपना होइनन् । सुरु भइसकेका, अघि बढेका र पूरा हुने चरणमा रहेका कामहरू हुन् । निश्चय नै आजको समस्या रोजगारी हो । माथि उल्लेखित काम सम्पन्न गर्दा ५ वर्षमा कम्तीमा ५ लाखलाई प्रत्यक्षरअप्रत्यक्ष रोजगारीमा जोड्न सकिने छ ।

सुशासनलाई अबको मूल एजेन्डा : सुशासन हाम्रो वाचा होइन हाम्रो कार्यशैली हुनेछ । सार्वजनिक सेवालाई प्रभावकारी, न्याय प्रणालीलाई विश्वासिलो र भरपर्दो, प्रशासनलाई जनताप्रति उत्तरदायी र नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायमा पर्याप्त क्षमता विकास गरिने छ । हामी सुशासनलाई भाषणमा होइन, दैनिक व्यवहारमा अनुभूती गर्ने बनाउनेछौं ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : २१ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको