२८ असार २०८३, आइतबार | July 12, 2026

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीको चर्को आलोचना गर्दै आएको प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीले चुपचाप मतदान गर्न मतदातालाई आग्रह गरिरहेको बेला ओलीले काउन्टर जवाफ फर्काएका हुन् ।

ओलीका अनुसार ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि स्वस्थ निर्वाचन संस्कृतिले खुला विमर्श र सचेत निर्णयको माग गर्छ। त्यसैले उनले मतदातालाई “चुपचाप छाप होइन, सोची–विचारी छाप” र “आँखा खोलेर भविष्य निर्माण” गर्न आह्वान गरेका छन्।

ओलीले चुनावी अभियानमा सक्रिय पार्टीका नेता तथा कार्यकर्तालाई तथ्य र कामको आधारमा मत माग्न निर्देशन पनि दिएका छन् । उनले देशभर चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार र प्रचारकलाई मतदातासमक्ष पार्टीले गरेका कामहरूको स्पष्ट विवरण प्रस्तुत गर्न आग्रह गरेका छन्। उनले मतदाताका प्रश्न धैर्यपूर्वक सुन्नु र उत्तर दिनु नै परिपक्व लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरेका छन्।

“एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो,” ओलीले भनेका छन्, “परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर मागिनुपर्छ।”

उनले बहकाउ र भ्रमको राजनीति नगरी कामको हिसाब सुनाएर मत माग्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सिर्जित ‘इको च्याम्बर’मा मतदातालाई कैद गर्नु गलत भएको उल्लेख गर्दै ओलीले उम्मेदवारसँग प्रत्यक्ष आँखा जुधाएर प्रश्न गर्ने र उत्तर सुन्ने वातावरण बनाइनुपर्ने बताएका छन्।

 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ८ : १० बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै