१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

पूर्वराजा काठमाडौं आउँदा गोल्डेनगेट क्षेत्रमा दुर्गाप्रसाईं नेतृत्वमा प्रदर्शन, हवाई यात्रुलाई सास्ती



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आउँदा उनको स्वागतका लागि समर्थकहरु ठूलो संख्यामा गोल्डेन गेटमा उपस्थित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ सहित विभिन्न राजावादी समूहहरूले ज्ञानेन्द्र शाहको स्वागका लागि विमानस्थल क्षेत्रमा उपस्थित हुन आह्वान गरेका थिए। सोही आह्वानअनुसार समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको हो । उनीहरुले विमानस्थलभित्रै प्रवेश गर्न खोजेपनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । विमानस्थल प्रवेशद्वार नजिकै केही समय भीड बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

राजासमर्थक प्रदर्शनकारीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी गरेका छन् भीडका कारण विमानस्थल आसपासको सडक क्षेत्रमा सवारी आवागमन प्रभावित हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरू समयमै टर्मिनलसम्म पुग्न कठिनाइमा परेको छ ।
बाहिरी सडक क्षेत्रमा भएको अवरोधका कारण भने यात्रुहरूले असहजता भोग्नुपरेको बताइएको छ।

पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : ५६ बजे

जनयुद्ध दिवसमा शहीद तथा बेपत्ताका परिवार सम्मानीत

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

महाशिवरात्रिको अवसरमा बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने