१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्कीबाट पनि तत्काल फिर्ता नहुने



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।

सोमबार भएको सुनुवाइमा कास्की जिल्ला अदालतले मुद्दा फिर्ता लिन माग गर्दै दायर निवेदनलाई हालका लागि अस्वीकार गर्ने आदेश दिएको हो।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। सो निर्णयका आधारमा कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दर्ता गराएको थियो।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर छ।

जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेकाले अन्तिम टुंगो नलागेसम्म मुद्दा फिर्ता लिन नमिल्ने ठहर गरेको हो।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरिसकेको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : ३२ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष