५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तार्केश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा-५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका-१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै ५० लाख, निरौलाले टर्की पठाउने भन्दै दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ८ : २३ बजे

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग

दुर्गा प्रसाईंको गिरफ्तारीप्रति आजपाको आपत्ति, बिना सर्त रिहा गर्न माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दुर्गा

नेपालको अन्तिम चुनौती आज, विश्वकपको समापन खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो