१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण



बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा लैजान नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । आगामी निर्वाचनको सन्दर्भमा बुटवलमा आयोजित युवा उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्यमीहरूले पौडेलको विगतको कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साथ दिने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागी उद्यमीहरूले अर्थमन्त्रीका रूपमा पौडेलले निजी क्षेत्रको विकास र अर्थतन्त्र सुदृढीकरणका लागि चालेका कदमहरूको प्रशंसा गरे । एक युवा उद्यमीले पौडेलले अर्थतन्त्र सुधारका लागि सकारात्मक पहल गरेको उल्लेख गर्दै भविष्यमा पनि मुलुकको समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।

उद्यमीहरूले मुलुकको विकास र समृद्धिको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने अनुभवी नेताका रूपमा पौडेललाई प्रस्तुत गरेका थिए । उनीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका व्यवहारिक समस्या तथा चुनौतीबारे पनि पौडेलको ध्यानाकर्षण गराएका थिए । विशेषगरी भन्सार प्रक्रियामा हुने झन्झट, कर प्रशासनको अस्पष्टता तथा एउटै कागजातका लागि पटक-पटक विभिन्न सरकारी निकायमा धाउनुपर्ने अवस्थाले लगानीको वातावरण प्रभावित भएको उनीहरूको गुनासो थियो ।

उद्यमीहरूले राज्यलाई नियमअनुसार कर बुझाएर करचुक्ता प्रमाणपत्र प्राप्त गरेपछि पनि पुनः अडिट रिपोर्ट मागिने जस्ता प्रक्रियाले व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न गरेको उल्लेख गर्दै नीतिगत सुधारमार्फत व्यवसायमैत्री वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

बुटवल तथा आसपासका क्षेत्रका ८० भन्दा बढी युवा उद्यमीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर विस्तार गर्न राज्यले ठोस योजना ल्याउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेता पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै नीतिगत जटिलता हटाउन आगामी दिनमा थप सक्रिय हुने आश्वासन दिए ।

युवा उद्यमी सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका समानुपातिक उम्मेदवार तथा उद्योगी एजाज आलमले रुपन्देहीको औद्योगिक विकासका लागि एमालेको विजय आवश्यक रहेको धारणा राखे । उनले संसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएमा रुपन्देही मात्र नभई समग्र औद्योगिक विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ८ : ३३ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’