बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-२ का युवा अशोक लुइँटेलको छैठो मासिक पुन्य तिथिको अवसरमा परिवारले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लुइटेल परिवारले अशोकको सम्झनामा रक्तदान गरेको हो ।
अशोक समाजसेवी तथा व्यवसायी लिलाधर लुइटेलका छोरा हुन् । व्यवसाय र विभिन्न क्लबहरुमा आबद्ध अशोकको गत साउन २६ गते ४३ वर्षको अल्पआयुमा घरमा निधन भएको थियो । अशोकका दुई सन्तान छोरा÷छोरी रहेका छन् ।
अशोककी माता (आमा) तारादेवी लुइटेलको अध्यक्षता तथा जेष्ठ नागरिक ९३ वर्षीया मीनबहादुर बोहोराको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै अशोकका बाबा लिलाधर लुइटेलले छोराको स्मृतिमा सामाजिक काम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको बताए । लिलाधर लुइँटेल आफूले पनि ५५ पटक रक्तदान समेत गरे । सो अवसरमा २४ युनिट रगत संकलन भएको थियो ।
रगतको अभावले कसैको पनि ज्यान नजाओस भन्ने सन्देश दिने आफूले छोराको स्मृतिमा रक्तदान कार्यक्रम राखेको बताए । कार्यक्रमको सञ्चालन नाटु मैनामगर इकाई कमिटीका अध्यक्ष रनबहादुर विश्वकर्माले गरेका थिए । रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।


















प्रतिक्रिया