९ श्रावण २०८३, शनिबार | July 25, 2026

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक



दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँचवर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गरेका छन् ।

उनले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको संकल्प आज सार्वजनिक गरे। उक्त संकल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरेका छन् ।

गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको संकल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ ।

पोखरेलले आफ्ना संकल्प सार्वजनिक गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अब दाङ जिल्लाको जनप्रतिनिधिका रूपमा रास्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न चाहेको बताए । उनले भने, “अब दाङबासी ज्ञापनपत्र बुझाउने ठाउँमा होइन बुझ्ने ठाउँमा हुनुपर्छ ।”

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ४ : ३७ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा