२८ असार २०८३, आइतबार | July 12, 2026

यस्तो छ काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण



काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन ।

यसैगरी काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २९०, नेपाली कांग्रेसका सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गरेका छन । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन ।

त्यसैगरी, काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४८१, नेकपा (एमाले) का प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन ।

काठमाडौं क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन ।

काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४, नेकपा (एमाले) का मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन ।

त्यस्तै, काठमाडौं क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले एक हजार ८४६ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्याल ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेका छन ।

निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन ।

त्यसैगरी, काठमाडौं क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४२४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा ९एमाले०का ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन । अन्य क्षेत्रको विवरण भने प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ४७ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास