४ आश्विन २०८३, आइतबार | September 20, 2026

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता कायमै



बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाउँदै लगेका छन् ।

हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ३५३ मत प्राप्त गरेका छन् ।

रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ र सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।

यस क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ५६ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी