२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

रूपन्देही-२ को मतगणनामा रास्वपाको दबदबा, खरेलको मतान्तर बढ्दो



बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार २० हजार ८०५ मतगणना हुँदा खरेलले १३ हजार ८६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले ३ हजार १३३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार ७७९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ४०५ मत प्राप्त गरेका छन् ।

रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।

यस क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०९ बजे

रुपन्देही-२ मा अग्रता बढाउदै रास्वपा उम्मेदवार सुलभ खरेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं । बिहीबार मतदान भई हेलिकप्टरबाट मतपत्र ढुवानी गर्नुपर्ने हिमाली

प्युठानमा कांग्रेसका गोविन्दराज पोखरेल अघिअघि, पछ्याउँदै रास्वपाका बैदिक

काठमाडौं । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको प्युठानमा नेपाली कांग्रेसका

अर्घाखाँचीमा रास्वपाका हरि प्रसाद भुसालको अग्रता

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय