२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

रुपन्देही-२ मा अग्रता बढाउदै रास्वपा उम्मेदवार सुलभ खरेल



बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार हालसम्म २७ हजार ६२३ मत गणना हुँदा खरेलले १८ हजार ५३९ मत प्राप्त गरेका छन्। उनी हाल १४ हजार ५४३ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले ३ हजार ९९६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले २ हजार ४५० मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ४९८ मत प्राप्त गरेका छन् ।

रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।

यस क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवार गरी कुल ३९ जना प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ३ : ४६ बजे

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट

रसुवा-१ बाट कांग्रेसका मोहन आचार्य विजयी

काठमाडौँ । रसुवा १ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी

कुलमान घिसिङ पराजित

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका

मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मनाङ जिल्लाबाट नेपाली

इलाम-२ मा श्रम संस्कृति पार्टीको अग्रता, सुहाङ पछ्याउँदै

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा इलाम जिल्ला क्षेत्र