२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गरिन् । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन । पश्चिम एसियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने विश्वास उनले व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ रहेका नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ‘ट्रान्जिट’मा रहेका मानिसको समान रूपमा हेरविचार गरेकामा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गरिन् ।

प्रधानमन्त्रीले यही फागुन १७ गते जायद अन्तरराष्ट्रिय विमानस्थलमा सेवाप्रवाहका क्रममा एक नेपाली नागरिकले जीवन गुमाएको जानकारी प्राप्त हुँदा आफूलाई दुःख लागेको बताइन । साथै फागुन २१ गते अबुधाबीको आइसिएडी क्षेत्रमा दुई जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको उनले बताइन ।

प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवद्र्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासमा युएईले राष्ट्रपति शेख मोहमद बिनको कुशल नेतृत्वमा भएका कामको प्रशंसा गरिन् ।

आगामी वर्षमा आर्थिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै द्विपक्षीय सम्बन्ध विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उनले व्यक्त गरन् । उनले राष्ट्रपति, युएई सरकार र त्यहाँका जनतालाई त्यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

प्रधानमन्त्रीले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्ततः नयाँ कूटनीतिका लागि स्थान उपलब्ध गराउने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताइन ।

उनले तत्कालका लागि नेपाली नागरिकको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा सङ्कुचन र बढ्दो मुद्रास्फीतिसहित व्यापक आर्थिक दबाबको सामना गरिरहनुपरेको बताइन । ‘ट्रान्जिट’मा रहेका यात्रु विस्तारै नेपाल वा तेस्रो देशमा आ–आफ्ना गन्तव्यमा सुरक्षित रूपमा प्रस्थान गर्नसक्नेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरिन् ।

युएईका राष्ट्रपतिले विषम परिस्थितिमा नेपालले एक असल मित्रका रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईकोतर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे ।

उनले काममा खटिएका बेला एक जना नेपालीले ज्यान गएकामा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे । उनले नेपाल र युएईबीचको सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनत र असल आचरणको प्रशंसा गरे ।

युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेका बताए । साथै उनले नेपालीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्न आफू तत्पर रहेको बताए ।

केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै युएईका राष्ट्रपतिले परिस्थिति सहज भएपछि सबै किसिमको सहयोग उपलब्ध गराइने उल्लेख गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ४ : ५३ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर