२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, गगन थापालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित



सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले २२ हजार ८३८ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२ हजार ८५० मतान्तरले पराजित गरेका हुन् ।

मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम राखेका सिंहले अन्ततः फराकिलो मतान्तरसहित जीत सुनिश्चित गरेका हुन् । यसअघि पनि उनी यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक तथा २०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । यसपटक भने नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही-४ बाट चुनावी मैदानमा उतारेको थियो ।

यस निर्वाचन परिणामसँगै सर्लाहीका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ ।

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार यादव ले ९ हजार ३४३ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनिश राय यादव ले १ हजार ४०१ मत तथा जनमत पार्टीका उम्मेदवार राकेश मिश्र ले १ हजार ५७२ मत प्राप्त गरेका छन् ।

कुल १ लाख २१ हजार १२ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ७ : ५७ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन