१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो : हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पाटीका अध्यक्ष हर्क साम्पाङले आगामी सरकारको नेतृत्व रवि लामिछानेले गर्न उपयुक्त हुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत नयाँ सरकारको नेतृत्वबारे टिप्पणी गर्दै साम्पाङले सरकारको नेतृत्वले संसदमा जनताको प्रश्नको जवाफ दिन सक्ने र समय दिन सक्ने क्षमता राख्नुपर्ने धारणा राखेका छन्। उनले नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन भन्दै प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाहप्रति व्यंग गरेका छन् ।

साम्पाङले जनताले जसलाई चुनेका छन् त्यसलाई सबैले स्वीकार्नुपर्ने पनि बताएका छन् । उनले लेखेका छन्, “जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो। सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ। नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन।”

रास्वपाले भने बालेन्द्रलाई पार्टीमा भित्र्याउने क्रममा आगामी सरकारको नेतृत्व उनलाई नै दिने सहमति गरेको थियो । तर, शनिबार रास्वपाका उपसभापति डीपी अर्यालले भने सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भएको सहमति आफुलाई कण्ठ नभएको बताएका थिए । उनले यसबारे अन्तिम निर्णय पार्टीले प्रक्रियाअनुसार गर्ने बताएका थिए।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङ भने सुनसरी क्षेत्र नं. १ बाट १३ हजारभन्दा बढी मतान्तरले विजयउन्मुख अवस्थामा छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ०१ बजे

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८

तिब्बतमा कृत्रिम ताल फुट्ने जोखिम बढेपछि उद्धार कार्य रोकियो

काठमाडौं । नेपाल-चीन सीमावर्ती तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर बनेको

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा