१२ कार्तिक २०८३, बिहिबार | October 30, 2026

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामको अन्तिम घोषणा नगरेको भन्दै असन्तुष्टि जनाएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यका लागि पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि आयोगले अझैसम्म निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको उल्लेख गरिएको छ।

आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र त्यसमा नेकपाका उम्मेदवार यादव विजयी भएको पार्टीको दाबी छ। तर, यसपछि पनि आयोगले प्रमाणपत्र वितरणमा आलटाल गर्नु तथा स्थापित निर्वाचन प्रक्रिया र विधिविपरीतका गतिविधि देखिनु चिन्ताजनक भएको नेकपाको भनाइ छ।

“कानुनी रूपमा उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु कानुनसम्मत देखिँदैन,” विज्ञप्तिमा भनिएको छ।

नेकपाले संवैधानिक निकायका रूपमा रहेको निर्वाचन आयोगलाई विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : ४४ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै