१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा



बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–८ए वाई८ क्यारियर रकेट दक्षिण चीनको हाइनान प्रान्तस्थित प्रक्षेपण स्थलमा सुरक्षित राखिएको छ । आगामी दिनहरूमा यसको प्रक्षेपण हुने तालिका तय गरिएको छ ।

लङ मार्च–८ए लङ मार्च–८ श्रृङ्खलाभित्रको सुधारिएको मोडेल हो । यसले ७ टन तौलको पेलोड ७०० किलोमिटर कक्षमा पु-याउन सक्ने क्षमता राख्छ । उच्च घनत्व र द्रुत सेटेलाइट प्रक्षेपणका लागि विशेष रूपमा डिजाइन गरिएको यस रकेटले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक अन्तरिक्ष मिशनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

फेब्रुअरी सन् २०२५ मा यसको पहिलो उडान भएदेखि यस मोडेलले सात सफल मिशन पूरा गरिसकेको छ । यसले चीनको सेटेलाइट इन्टरनेट कन्स्टेलेसन निर्माणको मुख्य प्रक्षेपण यानको रूपमा काम गरिरहेको छ । चीनको योजना अनुसार लङ मार्च–८ श्रृंखलाबाट २०२६ मा करिब १५ प्रक्षेपण सम्पन्न हुनेछन्, जसले चीनको स्पेस नेटवर्क विस्तारमा ठूलो योगदान पु¥याउनेछ ।

विशेषज्ञहरूको भनाइ अनुसार लङ मार्च–८ए वाई८ रकेटको उच्च पेलोड क्षमता र द्रुत प्रक्षेपण तालले सानो र मध्यम आकारका सेटेलाइटहरूलाई छिटो र सुरक्षित रूपमा कक्षा स्थानमा पु¥याउन सक्ने सुविधा प्रदान गर्दछ । यसले चीनको अन्तरिक्ष टेक्नोलोजी र व्यावसायिक स्पेस मिशनमा नयाँ उचाइ थप्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : २४ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का