११ भदौ २०८३, बिहिबार | August 27, 2026

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा



धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादव विजयी भएको औपचारिक घोषणा गरेको छ। आयोगले आफ्नो वेबसाइट अद्यावधिक गर्दै यादव निर्वाचित भएको विवरण सार्वजनिक गरेको हो।

आयोगले अद्यावधिक गरेको विवरणअनुसार यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसटका रामपलटन साहले ९ हजार ५०२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाएका छन्।

यस क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भइसकेपछि पनि उनको पक्षमा अत्यधिक मत परेपछि विवाद उत्पन्न भएको थियो। सोही कारण केही समयसम्म आयोगले मतपरिणाम सार्वजनिक गरे पनि विजयी घोषणा गरेको थिएन। साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको आधारमा उनको उम्मेदवारी खारेज गरिएको थियो।

निर्वाचित घोषणा नगरेको भन्दै नेकपाले कडा विरोध जनाएको थियो । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ।

यसैबीच आयोगको निर्णय पुनरवलोकनको माग गर्दै किशोरी साहले सर्वोच्चमा रिट दायर गरेका छन्। साहको पक्षमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि आयोगलाई यादव विजयी भएको प्रमाणपत्र दिन बाटो खुलेको यिो । उक्त रिटमाथि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १ : ०३ बजे

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा