२७ असार २०८३, शनिबार | July 11, 2026

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बस्ने तय भएको छ। बैठकमा बैठकमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि सांसद छनोट गर्ने विषयमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकमा १६ सिट जितेको छ।

निर्वाचनमा पराजय ब्यहोरेपछि एमालेको यो बैठक नै पहिलो बैठक हो । बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम छनोट गरेर बुझाउन राजनीतिक दलहरूलाई चैत १ गतेसम्मको समय दिएको थियो । यसअघि दलहरुले बुझाएको समानुपातिकको बन्द सूचीबाट कल्स्टर मिलाएर सांसदहरुको नाम छनौट गरी आयोगमा बुझाउनुपर्छ । आयोगले दलहरुले बुझाएको विवरण रुजु गरेपछि मात्र सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउँछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ४९ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका