३ आश्विन २०८३, शनिबार | September 19, 2026

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’



काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा नेपालमा लगानीको वातावरण अनुकूल बनेको भन्दै जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी बढाउन आह्वान गरिएको छ ।

आज यहाँ कार्यक्रममा सहभागी उद्यमी तथा विज्ञहरूले नीतिगत स्थायित्व, विश्वासको वातावरण र संस्थागत संयन्त्र निर्माण गर्न सके प्रवासी नेपालीको लगानी बढ्न सक्ने धारणा राखेका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको विश्वस्त आधार बनाउँदै सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे । विगतमा अस्थिर सरकारका कारण नीतिगत एकरुपतामा केही समस्या रहे पनि अब करिब दुई तिहाइसहितको सरकार आउन लागेकाले लगानीकर्तामा आत्मविश्वास जगाउन सबै एकजुट हुनुपर्ने भन्दै उनले लगानी सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताए ।

नेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले विदेशमा रहेका करिब ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा जोड्ने विषयमा सोच्नुपर्ने बताए । उनले लगानीका लागि सुरक्षित वातावरण, बजार र विश्वासको आधार तयार गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अब राजनीतिक स्थिरताको वातावरण बनेकाले प्रवासी नेपालीसँग सहकार्य गरेर नीतिगत सुधारमार्फत लगानी भित्र्याउन निजी क्षेत्र तयार रहेको बताए ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन एनआरएनको लगानी महत्वपूर्ण हुने धारणा राखे ।

चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिँदै गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको धारणा राखे ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै नेपालमा लगानी गर्न आग्रह गरे ।

यसैबीच, सम्मेलनअन्तर्गत आयोजित ‘दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व’ सत्रमा वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले संस्कृतिको संरक्षण पुस्तान्तरणबाट हुने भन्दै प्रवासमा रहेका नेपालीका सन्ततिलाई संस्कृति र भाषासँग जोड्नुपर्ने बताए ।

संस्कृतिविद् प्राडा वीणा पौडेलले भाषा, कला र चाडपर्वमार्फत संस्कृति जोगाउन सकिने उल्लेख गरिन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले प्रवासमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न सांस्कृतिक पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताए । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले युवालाई नेपालसँग जोड्न भाषा शिक्षा, सांस्कृतिक कार्यक्रम र खेलकुदजस्ता गतिविधि उपयोगी हुने धारणा राखे ।

कार्यक्रममा विभिन्न वक्ताले प्रवासी नेपालीको लगानी, सीप र ज्ञानलाई नेपालको आर्थिक विकाससँग जोड्न नीतिगत सुधार र सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ५६ बजे

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा