५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार



वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ । पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो ।

तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन । पर्सा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यबाट निर्वाचित सांसद सुशीलकुमार कानुले गम्भीर घाइते भएकी हरिकलादेवी सहनीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।

‘‘गम्भीर घाइते हरिकलाको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचार र कुरुवाका लागि लाग्ने खर्चकोसमेत प्रबन्ध गर्नेछौँ,’’ उनले भने, ‘‘पीडित परिवारले उपचार खर्च र दोषीमाथि कारबाहीको माग गरेकाले पनि यहाँको स्थानीय प्रहरी प्रशासनलाई पनि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनको लागि अनुरोध गर्दछु ।’’

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताए । ‘‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौँ,’’ उनले भने, ‘‘अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।’’ उनका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ४ : ५७ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको