२१ भदौ २०८३, आइतबार | September 7, 2026

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार



वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ । पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो ।

तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन । पर्सा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यबाट निर्वाचित सांसद सुशीलकुमार कानुले गम्भीर घाइते भएकी हरिकलादेवी सहनीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।

‘‘गम्भीर घाइते हरिकलाको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचार र कुरुवाका लागि लाग्ने खर्चकोसमेत प्रबन्ध गर्नेछौँ,’’ उनले भने, ‘‘पीडित परिवारले उपचार खर्च र दोषीमाथि कारबाहीको माग गरेकाले पनि यहाँको स्थानीय प्रहरी प्रशासनलाई पनि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनको लागि अनुरोध गर्दछु ।’’

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताए । ‘‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौँ,’’ उनले भने, ‘‘अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।’’ उनका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ४ : ५७ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त