२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ



बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं.१ शिसैकी स्थानीय ६० वर्षिया रेनु पटवारको हत्यामा संलग्न एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत्र ३ गते गते बिहान करिब ७ बजे अनुहार, टाउको, हात र घांटी लगायत शरिरको बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरि बीभत्स तरिकाले हत्या गरिएको अबस्थामा आफ्नै पसल अगाडी रेनु पटवार फेला परेकी थिइन् । हत्याका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डीएसपी निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौरा, रुपन्देहीबाट प्रहरी निरक्षिक प्रल्हाद के.सी. को कमाण्डको प्रहरी टोलीले हत्या भएको ६ दिनपछि हत्यामा संलग्न भएको अभियोगमा एक बालकलाई नियन्त्रणमा लिएको हो ।

हत्याका सम्बन्धमा निरन्तर थप अनुसन्धान तथा सोधपुछ गर्दै जाँदा मृतक रेनु पटवारलाई चैत्र २ गते राती अन्दाजी ११ बजेको समयमा बर्ष १६ का ती बालकले सोही पसलमा भएको कैंचीले निजको अनुहार, टाउको, घांटी लगायत विभिन्न भागमा बीभत्स तरिकाले प्रहार गरी फरार भएको खुलेको प्रहरीले जनाएको छ ।

चुरोट खरिद गर्ने क्रममा बादबिवाद हुँदा कर्तव्य गरी मारी कैंची घटनास्थलमा नै छाडि फरार भएका बालकलाई प्रहरीले आज नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी श्रीवास्तवले बताए । कानूनको विवादमा परेका बालकलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : २१ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३