३० बैशाख २०८३, बुधबार | May 13, 2026

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

समायोजन नगरिए आफुखुसी भाडा बढाउने चेतावनी



काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी डिजेल, पेट्रोललगायतका इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन् ।

गत चैत २ गते डिजेलमा प्रतिलिटर रु १० र पेट्रोलमा प्रतिलिटर रु १५ बढेपछि महासङ्घले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजन गर्न माग गरेको थियो ।

यातायात व्यवस्था विभागले विसं २०६५ देखि बनेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरे पनि भाडा समायोजन हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

विभागले यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, मालवाहकतर्फ तराईमा ८.८१ प्रतिशत र पहाडमा १४.२९ प्रतिशत भाडा समायोजन गर्न मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले भने भाडा समायोजन नगर्दा व्यवसायीहरु मर्कामा परेको महाङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताए ।

महासङ्घले अब धेरै दिन घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने र सेवा बन्द गर्नुपर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिस भएबमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प अपनाउनुपर्ने बताएको छ ।

महासचिव गौतमले भाडा समायोजन नभए वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसारको भाडा लिइ सेवा सञ्चालन गर्न देशभरका यातायात व्यवसायीलाई अनुरोध गर्नेसमेत बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : २९ बजे

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न