१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ



काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट रास्वपा सभापति रवि लामिछाने पछि हट्न बाध्य भएका छन् । गृहमन्त्रीमा सुदन गुरुङको नाम टुंगिएको छ ।

बालेन्द्रले सुदनलाई नै गृहमन्त्री बनाउन अडान राखेका थिए भने गुरुङले आफु नै गृहमन्त्री बन्नपाउनुपर्ने भन्दै रास्वपाको शीर्ष नेतृत्वलाई दबाब दिएका थिए । यससँगै डीपी अर्याललाई गृहमन्त्री बनाउने लामिछानेको चाहना समाप्त भएको छ । अर्याल अब प्रतिनिधिसभाको सभामुख बन्ने भएकाछन् ।

अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले हुनेभएका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल हुनेभएका छन् । यस्तै प्रतिभा रावल कृषि तथा सामान्य प्रशासनमन्त्री हुनेभएकी छिन् । यसैगरी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र उद्योग मन्त्रीमा अमरेश सिंहको टुंगो लागेको छ ।

कानुन मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्रीमा निशा मेहता र महिला बालबालिका सिता वादी हुने भएका छन् ।
अन्य मन्त्रीहरुको पनि टुंगो लाग्नेक्रम जारी छ ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १० : ३७ बजे

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद