१९ आश्विन २०८३, सोमबार | October 5, 2026

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा द्वन्द्व नबढाउने गरी कदम चाल्न आग्रह



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा कुनै प्रकारको द्वन्द्व सिर्जना हुने गतिविधि नगर्न सरकारलाई आग्रह गरेको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

नेकपाले कुनै पनि निर्णय वा कदम चाल्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित हुने तथा समाजमा द्वन्द्व बढाउने खालका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ। पार्टीले प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा पारदर्शिता, कानुनी आधार र निष्पक्षताको सुनिश्चितता गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

नेकपाले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई तथा शुभकामना समेत दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ७ : ५३ बजे

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौं । भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

झलनाथले छाडे नेकपा, हरिबोलको साथमा खोले ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले नेकपा