१५ चैत्र २०८२, आइतबार | March 29, 2026

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर



नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला परेकी युवतीको सनाखत भएको छ ।

गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो। बुढाका आफन्तहरु अस्पताल पुगेर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जोशीका अनुसार मृतकले २ दिन अगाडी मात्र आफुलाई कुटपिट भएको भन्दै एकजना युवक विरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेकोमा मृतक बुढाकै आग्रहमा मिलापत्र गरेर प्रहरीले छाडेको थियो । घटनास्थलमा सलाई र आगलागी हुने पदार्थको गन्ध आएको प्रहरी उपरीक्षक जोशीले बताए ।

प्रारम्भीक अनुसन्धानमा मृतक बुढाले यसअघि नै एक पुरुषसँग बिबाह गरि उनीबाट एक सन्तान समेत जन्मदिएर पछि सम्बन्ध बिच्छेद गरेर बसेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार मृतक बुढा केही महिना पहिले नेपालगन्जको न्यूरोड स्थित एक होटलमा छापा मार्नेक्रममा प्रहरी नियन्त्रणमा समेत परेकी थिइन् ।

पछिल्लो समय बढा नेपालगन्ज रानीतलाउ नजिकका एक युवकसँग ‘लिभिङ टुगेडर’मा बस्दै आएको पनि खेलेको एसपी जोशीले बताए । घटनाबारे आत्महत्या तथा कर्तब्यज्यान अभियोगमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। घटनाको शुक्ष्म अनुसन्धान भइरहेको भन्दै लिभिङ टुगेडरमा रहेका र कुटपिट अभियोगमा पक्राउ परेर छाडिएका पुरुषको नाम भने उनले खुलाएनन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : ३१ बजे

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा