१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै



खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो अन्तरराष्ट्रिय स्तरको गोल्ड कप प्रतियोगता सञ्चालन हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लवको आयोजना र खजुरा गाँउपालिकाको संरक्षकत्वमा प्रथम खजुरा गोल्ड कप सञ्चालन हुने भएको हो ।

चैत्र ३० गतेबाट सञ्चालन हुने गोल्ड कपको तयारी तिब्र पारिएको आयोजक न्यू डाँफे स्पोर्टस् क्लवले जनाएको छ । गोल्ड कपको तयारी सम्बन्धमा आज पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । खजुरा गोल्ड कपमा २ वटा विदेशी टिम सहित ८ वटा टिमले सहभागिता जनाउने निश्चित भएको क्लवका अध्यक्ष बालाराम खत्रीले बताए ।

उनका अनुसार गोल्ड कपमा संकटा क्लव काठमाडौं, एपीएफ क्लव, चर्च ब्वाईज क्लव काठमाडौं, नाइजेरियन जोन क्लव, नाइजेरिया, लखनउ साहारा क्लव, भारत, गोरखा ब्वाईज स्पोर्टस् क्लव, बुटवल, कांक्रेबिहार स्पोर्टस् क्लव, सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्टस् क्लवको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुनेले ७ लाख, ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ४ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष खत्रीले बताए । सर्वोकृष्ट खेलाडी र बिधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । अध्यक्ष खत्रीले गोल्ड कप सम्पन्न गर्न ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । खजुरा गाँउपालिकाबाट १७ लाख, अमेरिका बस्दै आएका डी गाँउका स्थानीय लिलबहादुर थापाबाट प्रथम पुरस्कार बापतको ७ लाख, चित्लाङ एफ सीका संचालक अंकित थापाबाट ७ लाख श्रोत सुनिश्चित भएको र बाँके आयोजकको आन्तरिक श्रोतबाट जुटाइने अध्यक्ष खत्रीले बताए ।

गोल्डकपमा ५० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक तुफानले खेलकुदको माध्यमबाट खजुरालाई देश विदेशमा चिनाउन योगदान पुग्ने बताए । खेल पर्यटनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले खजुरा आउने देश विदेशका खेलाडीहरुले बर्दियाको ठाकुरद्धारा, बाँके निकुञ्ज जस्ता पर्यटकीय स्थलमा घुमाउने प्रबन्ध मिलाइने जानकारी दिए । प्रतियोगिता खजुरा स्थित मिनी रङ्गशालाको फुटबल ग्राउण्डमा सञ्चालन हुने छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ५३ बजे

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,

मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको

आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित : उपत्यका मेयर्स फोरम

काठमाडौं । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था

औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा २० हजार प्रत्यक्ष रोजगारी

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित